महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद – Nepal Press

महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद

जनकपुरधाम । महोत्तरी प्रदेशसभा क्षेत्र १ (२)का स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख नगद रुपैयाँ बरामद गरेको छ ‌।

बर्दिवास नगरपालिका ११ बाट स्वतन्त्र उम्मेदवार योन्जन चडेको बा १४ च ८८७४ नम्बरको गाडीबाट शुक्रवार सांझ प्रहरीले डेढ लाख नगद बरामद गरेको हो ।

निर्वाचन आचारसंहिता विपरित मतदातालाई बांड्न राखेको रकम उम्मेदवार योन्जनको गाडीबाट बरामद गरिएको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।

पक्राउ परेको केहिबेरमा प्रहरीले उम्मेदवार योन्जनसहितका व्यक्तिलाई छाडेको बुझिएको छ ।

महोत्तरी क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले शनिबार स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा २५ हजारसम्म जरिबाना गर्न सकिने बताए ।

यस्तै सिरहा प्रदेशसभा क्षेत्र २(१)को नवराजपुर गाउपालिका ५ झाझपट्टीमा पैसा बाड्न लागेको आरोपमा प्रहरीले जसपाका कार्यकर्ता विनोद यादवलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *