उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ? – Nepal Press

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

देशभर १४१ अस्थायी मतदान केन्द्र

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५५० पदका लागि ११ हजार ५४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १८९ पुरुष र २२५ महिला गरी कूल दुई हजार ४१२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार १८७ महिला गरी कूल दुई हजार १९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार ९४३ पुरुष, २८० महिला र एक अन्य गरी कूल तीन हजार २२४ तथा समानुपातिकतर्फ दुई हजार १९७ पुरुष र एक हजार ५११ महिला गरी कूल तीन हजार ७०८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ५२७ मतदानस्थलमा एक हजार २७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा तीन सय २० मतदानस्थल र २६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र २२२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौँ १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौँ २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौँ ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौँ ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौँ ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौँ ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौँ ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडाँै ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडाँै क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।

त्यस्तै, ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा १०५ मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र ११५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र १०७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौँमा तीन लाख १५ हजार २५४ पुरुष, तीन लाख ३६ हजार ८६४ महिला र आठ अन्य गरी कूल छ लाख ५२ हजार १२६ मतदाता रहेको छन् ।

ललितपुरमा एक लाख २२ हजार २७४ पुरुष, एक लाख २८ हजार १३५ महिला र एक अन्य गरी दुई लाख ५० हजार ४१० मतदाता छन् । भक्तपुरमा ९४ हजार ६८३ पुरुष, ९९ हजार ७५१ महिला र पाँच अन्य गरी कूल एक लाख ९४ हजार ४३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।

देशभर १४१ अस्थायी मतदान केन्द्र

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाउन देशभर १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ ।

आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो ।

आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छ । काठमाडाैं उपत्यकामा सात वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा चार, ललितपुरमा दुई र भक्तपुरमा एक अस्थायी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ ।

काठमाडौँमा जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक, ललितपुरमा कारागार कार्यालय नख्खु र नमुना मछिन्द्र माध्यामिक विद्यालय लगनखेल तथा भक्तपुरमा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा अस्थायी केन्द्र तोकिएको छ । देशभर चार लाख ५० हजार अस्थायी मतदाता कायम रहेका छन् । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *