चुनावी प्रचारका लागि प्रचण्ड र नारायणकाजी श्रेष्ठले पनि पाए हेलिकोप्टर प्रयोगको अनुमति – Nepal Press

चुनावी प्रचारका लागि प्रचण्ड र नारायणकाजी श्रेष्ठले पनि पाए हेलिकोप्टर प्रयोगको अनुमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति पाएका छन् । उक्त पार्टीले आयोग समक्ष मुख्य प्रचारक पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हेलिकोप्टर प्रयोग गर्नका लागि अनुमति मागेपछि आयोगले अनुमति दिएको हो ।

आयोगले यसअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पनि हेलिकोप्ट प्रयोग गर्नका लागि अनुमति दिइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर