समृद्धिका लागि कस्तो नीति बनाउने ? ओलीले माग सुझाव (भिडिओसहित) – Nepal Press

समृद्धिका लागि कस्तो नीति बनाउने ? ओलीले माग सुझाव (भिडिओसहित)

काठमडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि २० वटा ग्यारेन्टी अघि सारेको छ । समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षासहित अघि सारेको २० ग्यारेन्टीको पहिलो नम्बरमा नीतिगत सुधारलाई जोड दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गरेर कस्तो बनाउनुपर्ला ? सर्वसाधारणसँग सुझाव मागेका छन् ।

विकास निर्माणमा देखिएका बाधालाई चुनावपछिको पहिलो संसद अधिवेशनबाट परिवर्तन गर्ने प्रतिबद्धतासहित उनले सुझाव मागेका हुन् ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन त्यसमा बाधा पु¥याएका केही नियमहरूलाई हामी चुनावपछिको पहिलो संसद अधिवेशनबाट परिवर्तन गर्छौं । नीतिहरुमा कस्ता कस्ता परिवर्तन ल्याउनु पर्ला ? तपाईंहरुको सुझाव चाहन्छु ।’

एमालेको घोषणापत्रमा पहिलो ग्यारेन्टीको रुपमा समृद्धिको अभियानमा बाधक रहेका नीतिहरूमा सुधार गरिने उल्लेख छ ।

‘अति राजनीतिकरणका कारण असक्षम बनेका राज्यका विभिन्न संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यवसायिक बनाइनेछ । नागरिक प्रशासनलाई सक्षम, व्यवसायिक र जनताप्रति उत्तरदायी बनाइनेछ’, एमालेले घोषणापत्रमा लेखिएको छ, ‘राज्यका निकायहरूबीच अन्तर्निकाय समन्वयको प्रभावकारी व्यवस्था गरिनेछ ।’

कार्यसम्पादनको सुनिश्चितताका लागि प्रभावकारी अनुगमनको संरचना निर्माण गरिने प्रतिबद्धतासमेत घोषणापत्रमा गरिएको छ ।
निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओली पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर