बाबुरामको जिकिर- गठबन्धनले हारे लोकतन्त्र धरापमा पर्छ (भिडिओ) – Nepal Press

बाबुरामको जिकिर- गठबन्धनले हारे लोकतन्त्र धरापमा पर्छ (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई जिताएर पाँच वर्षको स्थिर सरकार दिनुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनद्वारा काठमाडौं ७ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको पहिलो प्राथमिकता अहिलेसम्मको उपलब्धि गक्षा गर्नु भएको जिकिर गरे ।

उनले भने, ‘हामी ७ सालदेखि लडेर ल्याएको उपलब्धिलाई उट्याउन अहिले विभिन्न शक्ति लागिरहेका छन् । त्यसलै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि हामीले यो वाम लोकतान्त्रिक गठबन्धन बनाएका छौँ । अहिले चुनावको मुख्य प्राथमिकता पनि अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्नु नै हो । ७ सालदेखि लडेर ल्याएको लोकतन्त्रको हामी रक्षा गछौँ ।’

उनले गठबन्धनले चुनाव हार्नु भनेको देश फेरि प्रतिगमनतिरै जानु भएको टिप्पणी समेत गरे ।

बाबुरामले भने, ‘यो निर्वाचनले प्रतिगमनकारी शक्तिहरुलाई पराजित गर्नुपर्ने छ । हामी आपसमा लड्यौँ भने प्रतिगनकारी शक्तिहरू आउनसक्छ । गठबन्धनले हार्नु भनेको लोकतन्त्र पराजित हुनु हो । त्यसैले अहिलेसम्मको उपलब्धि उल्टाउने कार्य सैह्य हुन सक्दैन ।’

गठबन्धनभित्रको सबै दल मिलेर पाँच स्थिर सरकार दिनुपर्ने भन्दै भट्टराईले भने, ‘दुईतिहाइ नजिकको बहुमत ल्याउँदा समेत विगतमा सरकार चलाउन नसकेको इतिहास हामीले देख्यौँ । प्रतिगामी शक्तिहरूले टाउको उठाउँदैछन् । त्यसलाई हामीले गम्भीररूपमा लिएका छौं । गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पनि छलफल भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर