पूर्वप्रधानमन्त्री भइसकेका साथीहरु अब लर्को लाएर संसद नजाऔं: बाबुराम भट्टराई (भिडिओ) – Nepal Press

पूर्वप्रधानमन्त्री भइसकेका साथीहरु अब लर्को लाएर संसद नजाऔं: बाबुराम भट्टराई (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब पूर्वप्रधानमन्त्रीहरु संसदमा जान जरुरी नभएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले पुराना पुस्ताले धेरै लोभलालच गर्न नहुने बताउँदै पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु फेरि लर्कोलगाएर संसदमा जान जरुरी नभएको बताएका हुन् ।

उनले छोरी मानुषीका लागि भोट माग्दै देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्ने बताए ।

उनले भने,‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ । त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ । हाम्रो पुस्ताले बढी लोभलालच गर्नुहुँदैन । सबैले छोड्न त भएन अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्छ । पाँच छ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरु अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन । अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ ।’

केही मान्छेहरुले यो पाँच वर्षमा राम्रो तयार गरेर विकासको गति अगाडि बढेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर