शुक्रबार पोखरामा सत्ता गठबन्धनको प्रशिक्षण – Nepal Press

शुक्रबार पोखरामा सत्ता गठबन्धनको प्रशिक्षण

पोखरा । सत्ता गठबन्धनका शीर्ष नेताले शुक्रबार पोखरामा प्रशिक्षण दिने भएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका माधव नेपाललगायतले प्रदेशस्तरीय प्रशिक्षण दिने भएका हुन् ।

प्रशिक्षण पोखराको सभागृहमा बिहान ११ बजेबाट सुरु हुने नेपाली कांग्रेस गण्डकीका नेता प्रकाश बरालले बताए । प्रधानमन्त्री देउवा र नेकपा एसका माधव नेपाल पोखरा आइसकेका छन् । देउवा बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा उपस्थित भएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर