जसपाले पार्टीबाट निकाल्यो बागी उम्मेदवारलाई – Nepal Press

जसपाले पार्टीबाट निकाल्यो बागी उम्मेदवारलाई

एमालेसँगको चुनावी तालमेल सफल बनाउन आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई निष्काशन गरेको छ । पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकालाई पार्टी साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।

जसपाले पार्टी आधिकारी उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ । यस्तै, एमालेसँगको चुनावी तालमेललाई पनि सफल बनाउन आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर