प्रदेशसभा उम्मेदवारको खर्चको सीमा तोकियो, कुन क्षेत्रकाले कतिसम्म पाउने ? (सूचीसहित) – Nepal Press

प्रदेशसभा उम्मेदवारको खर्चको सीमा तोकियो, कुन क्षेत्रकाले कतिसम्म पाउने ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाका क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि निर्धारण गरेको छ । निर्वाचन खर्चिलो बनेको बढिरहेका बेला आयोगले दल तथा उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको हो ।

प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक-फरक खर्च सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले गर्न पाउने खर्चको फरक-फरक सीमा निर्धारण गरे लगत्तै प्रदेशसभातर्फ पनि क्षेत्रगत रूपमा फरक-फरक खर्चको सीमा निर्धारण गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

हेर्नुस्- कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर