पूर्वमन्त्री श्रेष्ठले ‘फ्री भिसा, फ्री टिकट’मा विदेश पठाइदिन्छु भनेपछि आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण – Nepal Press

पूर्वमन्त्री श्रेष्ठले ‘फ्री भिसा, फ्री टिकट’मा विदेश पठाइदिन्छु भनेपछि आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका श्रेष्ठले फ्री भिसा फ्री टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

उनले जनतालाई आश्वासन दिएको भिडिओ आयोगमा पुगेपछि स्पष्टीकरणको सामना गर्नुपरेको हो ।

आयोगले निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश भनेको छ ।

आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी सोधेको छ ।


प्रतिक्रिया

One thought on “पूर्वमन्त्री श्रेष्ठले ‘फ्री भिसा, फ्री टिकट’मा विदेश पठाइदिन्छु भनेपछि आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर