प्रत्यक्षतर्फ १६ जिल्लाको मतपत्र छपाइ सकियो – Nepal Press

प्रत्यक्षतर्फ १६ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६ जिल्लाको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६ जिल्लाको लागि एक करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ । छापिएकामध्ये प्रतिनिधिसभातर्फ ५० लाख १३ हजार र प्रदेशसभातर्फ ५० लाख २४ हजार मतपत्र रहेका छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुराको मतपत्र छपाइ सकिएको छ । प्रदेशसभातर्फ पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सकिएको छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी हुनेछ । पहिलो चरणअन्तर्गत प्रदेश नम्बर १, मधेस र बागमतीका मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभर कुल २ करोड ४ लाख २१ हजार र प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्रसमेत छापेर जिल्ला–जिल्लामा पठाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर