पूर्वगृहमन्त्री थापाको गृहमन्त्री खाणलाई व्यङग्य : जथाभावी तक्मा बाँडेर भोट बढ्दैन – Nepal Press

पूर्वगृहमन्त्री थापाको गृहमन्त्री खाणलाई व्यङग्य : जथाभावी तक्मा बाँडेर भोट बढ्दैन

रुपन्देही । राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरन्जन थापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणलाई कटाक्ष गर्दै रुपन्देहीमा तक्माको बाढी नै आएको तर त्यसले भोट नबढ्ने बताएका छन् ।

‘आज भोलि तक्माको धेरै बाढी आएको छ । रूपन्देही क्षेत्र नं. ३ मा बाढी नै आएको छ । हामी नि सरकारमा थियौं, त्यसरी तक्मा बाँड्दैनथ्यौँ । तक्माको आधार हुन्छ हामी त्यसरी बाँड्ने गथ्यौँ । यसरी बाँडेर यसको गरिमा घटेको छ’ उनले भने, ‘हामी उद्योगलाई सञ्चालन गरेर अंगाडि बढाउने उद्योगपतिलाई तक्मा दिन्थ्यौँ, नाकामा चोरी निकासी रोक्ने प्रहरीलाई तक्मा दिन्थ्यौँ । सिँचाई नपाएर हाहाकार भएको किसानलाई तक्मा दिन्छौँ ।

पार्टीलाई भोट दिन्छ भनेर हामी कदापि तक्मा दिँदैनथ्यौँ । बोहोराजीलाई, महेन्द्रजीलाई, तुल्सीजीलाई भोट दिएर तक्मा दिँदैनौँ है । काम गरेको आधार हुनुपर्छ तक्मा दिने । कहिलेकाहीँ बाउछोरालाई मैले तक्मा दिएको सुन्छ मैले । त्यो पूर्वाग्रह हो ।’

थापाले अहिलेको निर्वाचनमा २ खालको गठबन्धन भएको बताउँदै ५ दललाई मत दिएर खेर जाने बताए । ‘त्यो पात्रको को हो प्रधानमन्त्री क्लियर नै छैन । माधव नेपालले आफ्नै प्रधानमन्त्रीलाई फाल्दिनु भो । प्रचण्ड कहिले कता, कहिले कता हुनुहुन्छ । त्यस्तो गठबन्धनलाई मत दिएर काम लाग्दैन ।’ थापाले भने, ‘को प्रधानमन्त्री हो क्लियर छैन । ५ दलको प्रधानमन्त्री को हो ? थाहा छैन तर हाम्रो ३ दलको प्रधानमन्त्री केपी ओली नै हो । ’

२ वर्ष ९ महिना गृहमन्त्री भएको बताउँदै पूर्व गृहमन्त्री थापाले रुपन्देही क्षेत्र नं ३ का उम्मेदार दीपक बोहोरालाई गृहको बिफ्रिङ गर्न थालेको बताएका छन् ।

रुपन्देही जिल्लामा दिपक बोहोराले विकासको काम गरेर देखाएको बताउँदै थापाले भैरहवाको विकास र समृद्धिका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दिपक बोहोरालाई मत दिन आग्रह गरे ।

थापा भन्छन्, ‘चाहे भैलोभुजा भन्नुस् । उहाँ पर्यटन मन्त्री पनि हुनुहुुन्थ्यो । बाटा घाटा विकासमा उहाँले धेरै काम गर्नुभो उहाँ रैथाने नेता हो । विकासप्रेमी हो प्राकृतिक गठबन्धन हो । हामीले परिपक्व मान्छे उठाएका छौँ त्यसैले हामी चुनाव जित्छौँ । ’

राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ का उम्मेदवार दिपक बोहोराले युवाहरुको सोच, पाकापुस्ताको अनुभवलाई मिश्रण गर्दै समाज रुपान्तरणको लागि दिलो ज्यानले लाग्ने प्रण पनि गर्दै यो निर्वाचनमा होमिएको बताए. ।

बेलहिया-बुटवल छ लेन सडक विस्तार, बेथरी-तामनगर सडक विस्तार, भैरहवाको पहिलो क्याम्पसको रुपमा रहेको सिद्धार्थ कलेज तथा हालको भैरहवा बहुमुखी क्याम्पसको सर्वागीण विकास, सिद्धार्थ रंगशाला, महेन्द्र सभागृहकोे निर्माण, आइसीपीको पहल, भीम अस्पतालको भौतिक पुर्वाधार र स्तरवृद्धिको लागि गरिएको योजनाबद्ध पहल, भैरहवामा अत्याधुनिक कृर्सि हाटबजार, भैरहवा लुम्बिनी तिलौराकोट सडकको स्तरोन्नति, वृहत्तर लुम्बिनी क्षेत्रको विकास जस्ता गौरबका आयोजना हामी सरकारमा छँदा वा संसद छँदा भएका प्रयासका उपलब्धी भएको उनले बताए ।

जसपाका नेता तथा प्रदेश सभा सदस्य क्षेत्र नं ३ क का उम्मेदवार महेन्द्र यादवले ३ दलीय गठबन्धनले नै चुनाव जित्ने दाबी गरे । जसपाका केन्द्रीय सदस्य मातृकाप्रसाद यादवले ३ दलको गठबन्धनले सत्ता पक्ष अताल्लिएको बताए । रुपन्देहीमा नेकपा एमाले, राप्रपा र जसपा एक ठाउँमा आउँदा हामी धेरै बहुमतले चुनाव जित्छौँ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर