बागमतीमा एमालेका चुनावी कमाण्डर- अनुगमनमा काशीनाथ, प्रचार र सुरक्षामा आनन्द पोखरेल – Nepal Press

बागमतीमा एमालेका चुनावी कमाण्डर- अनुगमनमा काशीनाथ, प्रचार र सुरक्षामा आनन्द पोखरेल

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश निर्वाचन अनुगमन समिति गठन गरेको छ। पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश संगठन इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेन्द्रबहादुर पाण्डे र डोरमणि पौडेल रहेका छन् ।

यस्तै, उम्मेदवारहरूलाई विजयी बनाउन आवश्यक योजना, कार्यक्रम, सुरक्षा व्यवस्था, प्रचार प्रसार सम्बन्धी समग्र निर्वाचनको व्यवस्थापन एवं समन्वय गर्न बागमती प्रदेश संगठन कमिटीका सह–इन्चार्ज आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय समिति पनि गठन गरेको छ ।

बागमती प्रदेशमा ३३ प्रतिनिधि सभा र ६६ प्रदेशसभा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर