प्रधानमन्त्रीले ओढाए शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा (तस्बिरहरु) – Nepal Press

प्रधानमन्त्रीले ओढाए शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा (तस्बिरहरु)

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिएको छ ।

जोशीलाई श्रद्धाञ्जली दिन महानगर परिसर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छन् ।

यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ पनि जोशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगर प्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पुर्‍याइएको हो ।

महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *