अछाम १ मा कसलाई सघाउने भन्नेबारे भीम रावल अनिर्णित, जनता कार्यकर्तासँग सल्लाह गर्ने – Nepal Press

अछाम १ मा कसलाई सघाउने भन्नेबारे भीम रावल अनिर्णित, जनता कार्यकर्तासँग सल्लाह गर्ने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आगामी प्रतिनिधि सभा निर्वाचनमा कसलाई सहयोग गर्ने भन्नेबारे अनिर्णीत बनेका छन् ।

अछाम १ बाट एकल सर्वसम्मत रूपमा सिफारिस भएका नेता रावललाई उम्मेदवार नबनाएपछि उनले पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखे ।

उनले आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई भोट माग्न नसक्ने बताए । एमालेका होलिवाइन, संविधान दिवसलाई कालो दिनको रूपमा मनाउनेहरू पनि भएकाले सबैलाई समर्थन गर्न नसक्ने बताए ।

उनले अछाममा कसलाई समर्थन हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जनताको भावनालाई गम्भीर रूपमा हेरेर निर्णय लिन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर