आज दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने – Nepal Press

आज दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा आज उजुरी दिन समय दिएको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार ४७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

हालसम्म आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनिधिसभातर्फ पुरुष उम्मेदवार २ हजार २४२ रहेका छन् भने महिला उम्मेदवार २३१ रहेछ । यस्तै प्रदेशसभा तर्फ कूल ३ हजार ३९३ उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दिएका मध्ये पुरुष३ हजार ९९ रहेको छ भने महिला२९३ र अन्य १ जना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर