माओवादीका बलदेवविरुद्ध कांग्रेसका गुरुङको उम्मेदवारी – Nepal Press

माओवादीका बलदेवविरुद्ध कांग्रेसका गुरुङको उम्मेदवारी

रुपन्देही । सत्ता गठबन्धनको सहमति अनुसार माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवले पाएको कपिलवस्तु क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दिए लगत्तै पत्र कारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेसको मत संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताए ।

नेताहरूको सल्लाह, सुझावको आधारमा आफूले उम्मेदवारी दिएको उनले बताए ।

केन्द्रीयस्तरको एकलौटी निर्णय आफूहरूलाई स्वीकार्य नहुने भन्दै पार्टीको अस्तित्व रक्षाका लागि आफू उम्मेदवार बनेको उनले बताए । उनी कांग्रेसका जिल्ला सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर