कमल थापा घर-घरमा पुगेर बालसखा भेट्दै – Nepal Press

कमल थापा घर-घरमा पुगेर बालसखा भेट्दै

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा पछिल्लो समय गृहजिल्ला मकवानपुरमा केन्द्रित छन् । यस क्रममा निर्वाचन क्षेत्रमा सक्रिय भएका थापा टोल-टोलमा घर-घर दौडाहामा छन् ।

आज हेटौंडामा आफूले बाल्यकालमा अध्ययन गरेको भुटनदेवी विद्यालयका साथीहरु भेटेका छन् । साथिहरुसँग भेटेपछि थापाले पुरानो कुराहरु साटासाट गर्न पाँउदा खुशी लागेको बताएका छन् ।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘जनताको घरदैलोमा राप्रपा नेपाल अभियान जारी छ । आज बिहान मेरा हेटौंडा भूटनदेवी स्कूलका बालसखा कृष्णलाल, नारायण श्रेष्ठ र मोहन बरईसँग भेटेर पुराना दिनको सम्झना साटासाट गर्न पाउँदा साह्रै खुशी लागेको छ । सबैको जय होस्’ । थापा मकवानपुर क्षेत्र नम्बर-१ बाट उठ्ने तयारीमा रहेको र आन्तरिक तयारीमा जुटिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार आक्रामक रणनीति बनाएर चुनावी मैदानमा जाने बाताबरण निर्माण भैसकेको समेत जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *