नेपालमा कति छ विदेशी मुद्रा सञ्चिती ? – Nepal Press

नेपालमा कति छ विदेशी मुद्रा सञ्चिती ?

काठमाडौं । नेपालसँग हाल ९ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिने केन्द्रिय बैंकको भनाइ छ ।

अहिले नेपालसँग ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती छ । विदेशी मुद्रा सञ्चितकै कारण टाट पल्टेको श्रीलंककासँग नेपाललाई पनि दाजिँदै आएको छ । पछिल्लो एक वर्ष यता नेपालको विदेशी मुद्रा सञ्चिती घट्दै गएको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गर्दै आएको छ ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितीको कुल ग्राहस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.७ प्रतिशत, ६६.८ प्रतिशत र २२.२ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *