आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने – Nepal Press

आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले कृषिमा लगानी दशक घोषणा गर्ने बताएका हुन् ।

कृषि र कृषिमा आधारित उद्योगीलाई सहज रुपमा कर्जा सुविधा दिने भनिएको छ । कृषक समुह र सहकारीबीच समन्वय गरी एकिकृत बजारीकरणको व्यवस्था गरिने बताइएको छ ।

पशुजन्य पदार्थमा न्युन समर्थन मूल्य तोकिने, कृषि उत्पादनको वितरणलाई सहज बनाउँने, माटोको उर्वराशक्ति बढाउँन रासायनिक मलको व्यवस्था गरिने लगायतको नीति सरकारले अघि सारेको छ । कृषि तथ्यांक संकलन गरेर बजारीकरणको व्यवस्था गरिने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर