निजी क्षेत्रसँग सहकार्य गरेर खाद्य प्रशोधन केन्द्र खुल्ने – Nepal Press

निजी क्षेत्रसँग सहकार्य गरेर खाद्य प्रशोधन केन्द्र खुल्ने

५ वर्षमा फलफूलमा नेपाललाई आत्मनिर्भर बनाइने

काठमाडौं । सरकारले कृषि बस्तुको उत्पादन गर्ने समयमा बेलैमा बीउ र मल उपलब्ध गराउने भएको छ । कृषि उत्पादनका क्षेत्रहरूमा कृषि उत्पादनको लागि सरकारले सहजीकरण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

उत्पादन भएको कृषि जन्य प्रशोधन केन्द्र र विक्री केन्द्र स्थापना हुने भएको छ । प्रशोधन केन्द्र र विक्री केन्द्र निजी क्षेत्रसँगको सहकार्यमा स्थापना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेशबाट आयात हुने कृषिजन्य बस्तुको विषादी परीक्षणलाई व्यापक बनाइने भएको छ । कृषि अनुसन्धान केन्द्रबाट कृषक समस्याको समाधान हुनेछ ।

५ वर्ष भित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाइने भएको छ । नयाँ बजेट आउनुभन्दा पहिले संयुक्त सदनमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

अब २०८१/८२ को बजेट ल्याउनुभन्दा पहिले नीति तथा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेका विषयहरू समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर