पेट्रोलियम पदार्थ ढुवानी नगर्ने व्यवसायीको चेतावनी – Nepal Press

पेट्रोलियम पदार्थ ढुवानी नगर्ने व्यवसायीको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थ लोडिङ गर्ने नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघले भदौ २९ गते अर्थात भोलिदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएको छ ।

आज एक विज्ञप्ति निकालेर भोलिबाट लोडिङ र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोरा बताउँछन् ।

ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्ने पर्ने भनेर हवाई इन्धन ढुवानी बन्द गरेको लामो समय भएको थियो भने अब सबै खालको पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीले नगर्ने भएका हुन् ।

पीडीओ पनि व्यवसायीले नलिने भएका छन् । व्यवसायीले आफ्नो माग पूरा नभए आगामी १ गतेबाट देशभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर