दाङ- २ बाट महरा सर्वसम्मत सिफारिस – Nepal Press

दाङ- २ बाट महरा सर्वसम्मत सिफारिस

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसभामुख कृष्णबहादुर महरा सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको आज घोराहीमा बसेको जिल्लास्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

२०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसै क्षेत्रकाे लागि नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल पनि एकल सिफारिस भइसकेका छन् ।

यसअघिको चुनाव मिलेर लडेका महरा र पोखरेल सँगै भिड्दा अहिलेको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर