राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश – Nepal Press

राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

सल्यानको शारदा नगपालिका- ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर