कार्यदलको बैठक लम्बियो, शीर्ष नेताको बैठक सर्‍यो – Nepal Press
सत्ता गठबन्धन

कार्यदलको बैठक लम्बियो, शीर्ष नेताको बैठक सर्‍यो

काठमाडौं । गठबन्धनको कार्यदलले सीट बाँडफाँटसहितको प्रतिवेदन अझै तयार पार्न सकेको छैन ।

बिहान ९ बजेदेखि बालुवाटारमा बसेको कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेबाट तय शीर्ष नेताका बैठक सरेको छ । बैठक २ घण्टा पर धकेलिएको एक नेताले बताए ।

शीर्ष नेताहरूको सोही बैठकमा कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यदलले ठोस खाका तयार पार्न नसकेकाले शीर्ष नेताकै बीचमा छलफल हुने सम्भावना बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर