संसदीय समितिमा पठाइयो नेपाल मिडिया काउन्सिल विधेयक – Nepal Press

संसदीय समितिमा पठाइयो नेपाल मिडिया काउन्सिल विधेयक

काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको उक्त विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।

उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पेश गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर