सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो २० हजार जरिवाना – Nepal Press

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो २० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा जथाभावी निर्माण साम्रगी राख्नेलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले महानगरपालिका वडा नम्बर ३१ का सानुकाजी मर्हजनलाई सार्वजनिक सडक पेटी अतिक्रमण गरी पैदलयात्री तथा सवारी आवागमन अवरोध खडा गरी निर्माण सामग्री राखेवापत जरिवाना लिएको हो ।

महर्जनले बानेश्वरको युनिग्लोव कलेज अगाडिको सकडमा निर्माण सामग्री गिट्टी तथा बालुवा सडक अवरुद्ध हुनेगरी राखेका थिए । महानगर प्रहरीले उक्त सामग्र नियन्त्रणमा लिएर जरिवाना गराएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *