मेलम्चीमा भारी वर्षा, तटीय क्षेत्र जोखिममा – Nepal Press

मेलम्चीमा भारी वर्षा, तटीय क्षेत्र जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पुर्वानुमामहाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए ।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

साथै तालामाराङ्, चनौटे, ढंग्रे बजार क्षेत्रमा सडक अवरुद्ध छ । भोटेचौर लगायतका ग्रामिण सडकहरु ससाना पहिरोका कारण अवरुद्ध छन् ।
त्यसैगरी, बाह्रविसे क्षेत्रमा पनि जुरेमा करिब २०० मिटरजति अरनिको राजमार्ग अवरुद्ध छ । बलेफी लगायतमा भित्री बाटाहरु पहिरोले अवरुद्ध छन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *