हेटौँडामा जलाइयो प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर – Nepal Press

हेटौँडामा जलाइयो प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाइएको छ ।

नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर