रुपन्देहीमा सडकको मोटाइ बढी देखाएर भ्रष्टाचार, तीन कर्मचारीविरुद्ध मुद्दा – Nepal Press

रुपन्देहीमा सडकको मोटाइ बढी देखाएर भ्रष्टाचार, तीन कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । काम भएको भन्दै बढी ढलान मोटाई देखाएर भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसालले करिब २ करोड ६१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर भएको हाे ।

फिल्डमा कम काम भएको आइटमको नापी किताबमा बढी परिणाम मूल्याङ्कन गरी उनीहरूले भ्रष्टाचार गरेको दाबी गरिएको छ।

ओमसतिया-४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्य गर्दा हिनामिना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर