सुशासन र पारदर्शी शासनको लागि एमालेका जनप्रतिनिधिको २० बुँदे संकल्प – Nepal Press

सुशासन र पारदर्शी शासनको लागि एमालेका जनप्रतिनिधिको २० बुँदे संकल्प

काठमाडौं । स्थानीय तहमा नवनिर्वाचित नेकपा एमालेका जनप्रतिनिधिले २० बुँदे संकल्प गरेका छन् ।

काठमाडौंमा हिजो र आज आयोजित पार्टी स्कुलको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूले ‘काठमाडौं संकल्प’ पत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्रमा शासक नभएर सेवक हुने, सदाचारको नमूना बन्ने, भ्रष्टाचार नगर्ने, आफूले नेतृत्व गरेको पालिका सुशासनको नमूना बनाउनेजस्ता प्रण गरिएको छ ।

त्यस्तै छिटो र सुलभ सेवा प्रवाहमा सहज, जनमुखी विकासमा पनि जिम्मेवारीपूर्वक भूमिका निभाउने उनीहरूको संकल्प छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर