जिल्ला प्रशासनमा जी-बब र आमाबुबाले दिए एक अर्काविरुद्ध उजुरी, प्रहरीमा छलफल भए पनि टुङ्गिएन – Nepal Press

जिल्ला प्रशासनमा जी-बब र आमाबुबाले दिए एक अर्काविरुद्ध उजुरी, प्रहरीमा छलफल भए पनि टुङ्गिएन

काठमाडौं । चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्।

आमा बुबाले पनि जी-बबविरुद्ध उजुरी दिएपछि प्रशासनले काठमाडौं प्रहरी कार्यालयलाई दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिएको थियो।

काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि टुंगोमा नपुगेको बताए।

‘अब छलफल सोमबार हुन्छ’, एसपी मैनालीले भने।

मैनालीका अनुसार भण्डारीले बुबा आमाले जबरजस्ती आफूसँग राख्न खोजेको भन्दै उजुरी दिएका छन्।

आफू बेग्लै बस्दा हस्तक्षेप भएको उनको गुनासो छ। यता उनका बुबा आमाले भने छोरा आफूसँगै बस्नुपर्ने भन्दै उजुरी दिएका हुन्।

लागू औषधको कुलतमा रहेका र्‍यापरलाई पटक पटक सुधार गृहमा राखिए पनि उनी त्यहीँबाट भागेका थिए।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपक पौडेलले शुक्रवार दिउँसो जी-बबले उजुरी लिएर आएको र लगत्तै उनका बुबा आमाले उजुरी लिएर आएपछि छलफलका लागि प्रहरीकहाँ पठाइएको बताए।

‘हाम्रो सहमतिबिना जी-बबलाई रिह्याबमा राखिएको भन्ने बाबुआमाको गुनासो रहेछ। जी- बबले भने बुबाआमाले यातना दिएको उल्लेख गरेका छन्’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *