कांग्रेस नेता निधिले गृहनगर नगराइनमा मेयर जिताए, उपमेयरमा एमाले – Nepal Press

कांग्रेस नेता निधिले गृहनगर नगराइनमा मेयर जिताए, उपमेयरमा एमाले

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव ५ हजार ७३० मत ल्याएर विजयी भएकी छन्। उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर