लुम्बिनीमा मुख्य दलका नेताहरुले कहाँ कहाँबाट गरे मतदान ? – Nepal Press

लुम्बिनीमा मुख्य दलका नेताहरुले कहाँ कहाँबाट गरे मतदान ?

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका मुख्य दलका नेताहरुले आआफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् । लुम्बिनीमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल ८ स्थित सडक डिभिजन कार्यालयकोे मतदान केन्द्रमा मतदान गरेका छन् ।

एमालेकै महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङको तुल्सीपुर १९ स्थित जनता मावि विजौरीमा मतदान गरे ।

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका ५ को बम्घा निमावि केन्द्रमा र सचिवहरु गोकर्ण विष्टले गुल्मीको इस्मा ४ दोहोलीस्थित रामराज्य मावि, टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नपा ९ स्थित अर्घारजस्थल मावि र छविलाल विश्वकर्माले बुटवल ११ स्थित वाणिज्य क्याम्पसमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिकोको ज्योति आधारभूत मावि केन्द्रमा मतदान गरेका छन् । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले बर्दियाको राजापुर नगरपालिका– ६ स्थित नेपाल राष्ट्रिय प्राविमा मतदान गरे ।

कांग्रेस नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका १ जनजागृति मावि हुँगाबाट मतदान गरेका छन् । अर्का कांग्रेस नेता देवेन्द्रराज कँडेलले पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका १ बालशिक्षा निकेतन सुनरीमा मतदान गरे ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, पूर्व स्थायी समिति सदस्य वर्षमान पुनसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पाबाट मतदान गरेका छन् ।

प्रवक्ता महराले रोल्पा नगरपालिका १ स्थित दामरुक तारा माध्यमिक विद्यालय र वर्षमानले सोही नगरकै वडा नं ७ माडिचौरको बाल उदय माध्यमिक विद्यालयमा मतदान गरेका छन् । यस्तै पूर्वसभामुख ओनसरी घर्तीले समेत सोही मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

लुम्बिनी मुख्यमन्त्री केसीले रोल्पा नगर ६ स्थित कोटगाउँ मतदान केन्द्रमा मतदान गरे । माओवादी नेत्री जयपुरी घर्तीले परिवर्तन गाउँपालिका २ स्थित राङसी माध्यमिक विद्यालयमा मतदान गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मीको मदाने गाउँपालिकास्थित म्यालपोखरी माविमा मतदान गरेकी छन् । एकीकृत समाजवादीका नेता एवं संघीय सांसद मेटमणि चौधरीले दाङको गढवा गाउँपालिका– १ मा मतदान गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता इस्तियाक राईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १५ को हनुमान आधारभूत विद्यालयमा मतदान गरे ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ६ जनजागृति माविमा मतदान गरे ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले दाङको गढवा गाउँपालिका– १ स्थित कुलपानी सामुदायिक वनको मतदान केन्द्रमा मतदान गरेका छन् ।
त्यसैगरी राप्रपाका महामन्त्री धवलशमशेर राणाले बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १० स्थित जिल्ला वन कार्यालय मतदान केन्द्रमा तथा नेता दीपक बोहोराले रुपन्देहीको सिद्धार्थनगर नपा– ३ स्थित खजहना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर