पोखराको मेयरको टिकट खोसिएका पौडेल ओलीसँगै देखिए चुनावी सभामा – Nepal Press

पोखराको मेयरको टिकट खोसिएका पौडेल ओलीसँगै देखिए चुनावी सभामा

पोखरा । पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर पनि केही वर्षअघिको एउटा अपुष्ट सिसिटिभी भिडिओका कारण उम्मेदवार बन्न नपाएका एमालेका नेता दिपक पौडेल चुनावी सभामा मेयरका उम्मेदवार कृष्ण थापासँगै देखिएका छन् ।

पार्टीभित्रैबाट भिडिओ सार्वजनिक भएकोमा असन्तुष्ट रहेका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी सभाको मन्चमा देखिएका हुन् । अध्यक्ष ओली र उनीबीच एकैछिन मन्चमै उभिएर कुरा भएको थियो ।

टिकट खोसिएपछि निराश भएर घरै बसेका गण्डकी प्रदेश सचिवालय सदस्य पौडेललाई गत साता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घरमै गएर उपयुक्त समयमा न्याय हुने आश्वासन दिएका थिए । पौडेल पछिल्ला दिनमा चुनावी अभियानमा सहभागी भइरहेको एमाले नेताहरुले बताएका छन् ।

पौडेलले टिकट पाए लगत्तै केही वर्ष पूरानो सिसिटिभी भिडिओ सार्वजनिक भएको थियो । छोराको बिहेको गहना किन्ने क्रममा सुन पसलमा पुगेका पौडेलले गोजीमा केही वस्तु राखेको जस्तो भिडिओ एकाएक सार्वजनिक भए पनि त्यसको आधिकारिकता भने पुष्टि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर