भागबण्डालाई निष्कर्षमा पुर्‍याउन सत्तागठबन्धन बैठक आज पनि बस्दै – Nepal Press

भागबण्डालाई निष्कर्षमा पुर्‍याउन सत्तागठबन्धन बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै व्यापक किचलो भएपछि सत्तागठबन्धनको बैठक बस्न लागेको हो ।

कतिपय स्थानीय तलमले आपसमा कुरा मिल्न नसकेपछि केन्द्रकै हस्तक्षेप खोजेका छन् । उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा भागबण्डा मिलेको छैन ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर