स्वयम्भुमा युवकको शव भेटियो, पहिचान खुल्न सकेन – Nepal Press

स्वयम्भुमा युवकको शव भेटियो, पहिचान खुल्न सकेन

काठमाडौं । स्वयम्भुको भगानपाउमा एक युवकको शव फेला परेको छ । अनुहारमा चोट लागेको अवस्थामा करिब २५ वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्त दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार शव आज बिहान फेला परेको हो । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर