मन्थली-५ बाट कांग्रेसका प्रस्तावित वडाध्यक्ष नै एमाले प्रवेश – Nepal Press

मन्थली-५ बाट कांग्रेसका प्रस्तावित वडाध्यक्ष नै एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि प्रस्तावित उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्कीले कांग्रेस परित्याग गरेका हुन् । उनलाई आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवार प्रस्ताव गरिएको थियो ।

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलसहित गएका कार्कीले आफूलाई पद नचाहिएको तर विकास चाहिएको भन्दै ओलीको नेतृत्वका विकास र समृद्धि हुने बुझेर एमालेमा प्रवेश गरेको बताए ।

उनले कांग्रेसले आफ्नो मौलिक सिद्धान्त भुलेर गठबन्धनको राजनीति गरेपछि सो पार्टीमा बस्न मन नलागेको बताए ।


प्रतिक्रिया

One thought on “मन्थली-५ बाट कांग्रेसका प्रस्तावित वडाध्यक्ष नै एमाले प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर