खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ) – Nepal Press

खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्।

दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरिरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए।

‘स्थानीयको गुनासो सुरुङ मार्गका कारण खानेपानीको मुहान सुक्यो भन्ने रहेछ। आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको पाइएको छ’, एसएसपी गिरीले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर