सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु – Nepal Press

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् ।

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर