इलामका कांग्रेसलाई आङ्देम्बेको आश्वासन- ढुक्क हुनुस् तपाईहरुले झलनाथलाई भोट हाल्नु पर्दैन – Nepal Press

इलामका कांग्रेसलाई आङ्देम्बेको आश्वासन- ढुक्क हुनुस् तपाईहरुले झलनाथलाई भोट हाल्नु पर्दैन

इलाम । नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले माओवादी र नेकपा एस कांग्रेसको फेरो समातेर चुनाव जित्ने दाउमा रहेको भन्दै इलामका कांग्रेसले झलनाथ खनाललाई भोट नहाल्ने दाबी गरेका छन् ।

बुधवार इलाम क्षेत्र नम्बर १ को कांग्रेस कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सह महामन्त्री आङ्देम्बेले इलामका कांग्रेसले आफ्नै उम्मेदवारलाई रुख चिन्हमै भोट हाल्न पाउने बताए । इलाम क्षेत्र नम्बर १ झलनाथको क्षेत्र हो ।

उनले भने– गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ । तपाईँहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन। यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनुहुन्न यो दिवास्वप्न हो । यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईँहरूले भोट हाल्नु पर्दैन, यो मेरो बचन भयो ।

खनालले केही दिनअघि कांग्रेसहरु बोरामा पैसा बोकेर आउन सक्ने भन्दै कार्यकर्तालाई सचेत गराएका थिए ।


प्रतिक्रिया

One thought on “इलामका कांग्रेसलाई आङ्देम्बेको आश्वासन- ढुक्क हुनुस् तपाईहरुले झलनाथलाई भोट हाल्नु पर्दैन

  1. झलनाथ रुख चिन्ह बाट उठ्दा भोट दिन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर