बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाईन सेवा  – Nepal Press

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाईन सेवा 

काठमाण्डौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ ।
बैंकले आफ्नो ग्राहकलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।

यस हेल्पलाईन सेवा अन्तरगत ग्राहक महानुभावहरुले बैंकको कुनै पनि डिजिटल कारोबारहरुको जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सकिने बताइएकाे छ ।

बैंकको मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड डेबिट कार्ड, क्रेडिट कार्ड तथा एटीएम कारोबारमा केहि समस्या आएमा बैंकका हेल्पलाईन नम्बर वा इमेलबाट सिधै सहयोग लिन सकिने बैंकले बताएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया

One thought on “बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाईन सेवा 

  1. अति राम्रो कार्यक्रम धन्यवाद दिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *