नीताको ‘ह्रश्व दिर्घ’मा निर्देशक चन्द्र पन्त फाइनल, बलिउड कलाकार खेलाउने दावी – Nepal Press

नीताको ‘ह्रश्व दिर्घ’मा निर्देशक चन्द्र पन्त फाइनल, बलिउड कलाकार खेलाउने दावी

काठमाडौं । नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दिर्घ’ को निर्देशकमा चन्द्र पन्तलाई अनुवन्धित गरिएको छ । यसअघि निर्देशन पनि नीता आफैंले गर्ने चर्चा थियो ।

पन्तलाई आजै नीताले निर्देशकका रुपमा साइन गराएकी हुन् । चलचित्रमा आफ्नो निर्माणसँगै अभिनय पनि हुने भएकाले निर्देशनको चाहनालाई भने उनले थाँति राखेकी छन् । यो चलचित्रमा उनी प्रेमी हरिहर अधिकारीको जोडी भएर अभिनय गर्दैछिन् ।

ह्रस्व दिर्घ हिन्दी भाषामा पनि बनाउने तथा भारतको बनारसदेखि युरोपसम्म पुगेर सुटिङ गर्ने बताइएको छ । चलचित्रमा बलिउड कलाकारसमेत खेलाइने निर्माण पक्षको दावी छ ।

बलिउडको ठूलो प्रोडक्सन हाउससँग सहकार्यका लागि प्रक्रिया चलिहरेको निर्माण स्रोतले बतायो । चलचित्रलाई भारतीय ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने भनिएको छ ।

यो चलचित्र ६ देखि ८ करोड रुपैयाँको भिषण लागतमा बन्न लागेको हो ।

८५ दिनसम्मको सुटिङ सेड्यूल हुने र भारतीय कम्पनीबाट धेरै प्राविधिकहरु ल्याइने पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर