आईपीओ ल्याउने तयारीमा छायादेवी कम्प्लेक्स – Nepal Press

आईपीओ ल्याउने तयारीमा छायादेवी कम्प्लेक्स

काठमाडौं । छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्कासनका लागि छायादेवीको तर्फबाट प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

छायादेवी कम्प्लेक्सले काठमाडौंको ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्स सञ्चालन गरिरहेको छ ।

उक्त कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर