‘लाइफ इन एलए’ को रिलिज सर्‍यो – Nepal Press

‘लाइफ इन एलए’ को रिलिज सर्‍यो

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति पोस्टपोन्ड भएको छ । सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो ।

अमेरिकाको विभिन्न सहरमा भने यो फिल्म प्रदर्शन भैसकेको छ । यसअघि फिल्म बैशाख ९ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतकोअभिनय रहेको छ ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् ।

संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेका छन् भने प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ भने कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । अमेरिकामा दर्शकले रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर