देउवालाई भीम रावलको जवाफ- प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ – Nepal Press

देउवालाई भीम रावलको जवाफ- प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका नता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झूठो बोलेको टिप्पणी गरेका छन् ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा दिमाग फुस्किएको आरोप लगाएपछि रावलले जवाफ फर्काएका हुन् ।

जवाफमा रावलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको स्मरण गर्दै सो समयमा सम्झौता सदनमा नल्याइएको बताएका छन् । सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै टिप्पणी रेका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झूठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा ‘किन रावललाई मात्र टाउको दुख्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने सपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो ।’

रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर