पल शाह प्रकरणमा नाबालिग गायिकाबारे अश्लिल स्टाटस लेख्रे पक्राउ – Nepal Press

पल शाह प्रकरणमा नाबालिग गायिकाबारे अश्लिल स्टाटस लेख्रे पक्राउ

काठमाडौं । पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले ललितपुर महानगरपालिका-२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्यूरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्यूरोले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर