प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छानबिन गर्न ११ सदस्यीय सिफारिस समिति गठन हुँदै – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छानबिन गर्न ११ सदस्यीय सिफारिस समिति गठन हुँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको भएको छ ।

एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका छन् । संविधानको धारा १०१ अनुसार प्रतिनिधिसभाका ११ जना सदस्य रहेको सिफारिस समिति गठन हुने बताइएको छ ।

समितिमा दलीय आकारअनुसार तोकिएका सदस्य सम्बन्धित संसदीय दलले नाम दिएपछि समिति गठन हुनेछ । एमाले कार्यव्यवस्था परामर्श समितिमा सहभागी नभए पनि महाअभियोग सिफारिस समितिमा दलको तर्फबाट नाम दिइने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

महाअभियोग सिफारिस समितिमा प्रधानन्यायाधीशविरुद्धको उजुरीका आधारमा छलफलपछि महाअभियोग लगाउन उपयुक्त ठहर भएमा प्रतिनिधिसभामा पेश हुने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर