विद्यालय समयमा पढाउन छोडेर आयोगको तयारी गर्ने शिक्षकलाई सरकारले कारवाही गर्ने – Nepal Press

विद्यालय समयमा पढाउन छोडेर आयोगको तयारी गर्ने शिक्षकलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले विद्यालय समयमा पढाउन छोडेर शिक्षक सेवा आयोग लगायत अन्य  आयोगको तयारी गर्ने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतकाे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै यस्तो निर्देशनात्मक चेतावनी दिएको हो ।

विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, ट्युसन कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिइएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम एक सय ३३ को उपनियम एकको प्रावधान विपरीत हुने भएकाले विभागीय कारवाहीसमेत गरिने केन्द्रले चेतावनी दिएको छ ।

स्थानीय तहमार्फत सबै शिक्षकलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउन केन्द्रले परिपत्रमार्फत नै आग्रह गरेको छ ।


प्रतिक्रिया

One thought on “विद्यालय समयमा पढाउन छोडेर आयोगको तयारी गर्ने शिक्षकलाई सरकारले कारवाही गर्ने

  1. बरु दलका लठैत कार्यकर्ता बनेकाहरुलाई सेवाबाट बर्खास्त गर तर सेवा आयोगको तयारीमा भएकालाई नतर्साउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *