संयुक्त राजनीतिक दलित संघर्ष समितिकाे संयोजकमा मीन विश्वकर्मा – Nepal Press

संयुक्त राजनीतिक दलित संघर्ष समितिकाे संयोजकमा मीन विश्वकर्मा

कार्यदिशा तय गर्नका लागि सात सदस्यीय कार्यदल पनि गठन

काठमाडौं । संयुक्त राजनितिक दलित संघर्ष समिती पुनर्गठन भएको छ । प्रमुख राजनितिक दलका दलित भ्रातृ तथा जनवर्गीय संगठनको प्रमुख एवम प्रतीनिधीको सहभागितामा मंगलबार राष्ट्रिय महिला आयोगकाे हल भद्रकालीमा भएको भेलाले नेपाली काँग्रेसका केन्द्रीय सदस्यमेत रहेका मीन विश्वकर्मालाई समितिको जिम्मेवारी दिएको हो । विश्वकर्मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघका अध्यक्षसमेत रहेका छन् ।

समितीको अवधारणा, आचारसंहिता निर्माण, तथा आगामी कार्यक्रमको कार्यदिशा तय गर्नका लागि सात सदस्यीय कार्यदल पनि गठन गरेकाे छ । कार्यदलकाे सदस्यमा डा.बुद्धी नेपाली, सरोज दिलु विश्वकर्मा, दीपक सोनी, रण बहादुर रम्तेल, शोभा सेन्चुरी, त्रीलोचन विश्वकर्मा र रुपा सुनार रहेका छन् । कार्यदलले १५ दिनमा प्रतिवेदन तयार गरेर समितिमा पेश गर्नेछ ।

कार्यदलले विगतमा भएका दलित आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्तबेज तयार गर्ने कार्यदलका सदस्य नेकपा (माओवादी केन्द्र)का नेता बुद्दी नेपालीले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर